संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ इकुबहालमा शुक्रबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे र ८८ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएका ३९ जनाको दाँत खोलिएको छ । शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले बिहीवार काठमाडौंको काँडाघारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!