संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–६ आरुबारी, बौद्धमा बुधबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । महिला, बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद् श्रीमहल ललितपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

अस्थायी संरक्षणमा रहेका सडक बालबालिकाको उपचारलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले आइतबार काठमाडौंको धुम्बाराहीमा स्वास्थ्य शिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!