संगालोखबर सम्बाददाता

गोरखा । गोरखामा सोमबार निःशुल्क शिविर सञ्चालन गरिएको छ । आरुघाट गाउँपालिका वडा नंम्बर ९ सँग सहकार्य गरेर काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेज र नयाँ बजारस्थित पिपुल्स डेन्टल कलेज तथा जनरल हस्पिटलले दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

Advertisement

आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १८९ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्सरे र १२१ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २६ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । शिविर मंगलबार पनि जारी रहने छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं बिरामीको निःशुल्क उपचार गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!