लागुऔषधसहित पाँच जना पक्राउ
विराटनगर । मोरङ र झापाबाट लागुऔषध खैरो हिरोइन र गाँजासहित पाँच जना पक्राउ परेका छन् । मोरङको बिराटनगर–१५ स्थित सीमाक्षेत्रबाट भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–१० का १७ बर्षीय कालु कुमार शर्मा छन् ।
उनलाई आइतबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नाइट्राभेट-७५ ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन-४० ट्याब्लेट र डाइलेक्ट–डीसी-५ बोतलसहित पक्राउ ...




























