संगालोखबर सम्वाददाता

मोरङ । मोरङको पथरी शनिश्चरे–४ मा रहेको एक घरबाट लागुऔषध खैरो हिरोईनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई, २४ बर्षीय नवराज राई र भोजपुर साल्पासिलोछो–२ का १९ बर्षीय निराज राई छन् ।

Advertisement

घरमा लागुऔषध बिक्री गरिरहेको भन्ने विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले चारै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात चेकजाँच गर्दा ६३० मिलिग्राम खैरो हिरोईन, ट्रामाडोल हाइड्रोक्लोराइड–९० ट्याब्लेट, स्पास्पेन–५४ ट्याब्लेट फेला परेको हो ।

त्यस्तै ४ राउण्ड गोली, एउटा खोका, एउटा खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैयाँ र उनीहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनाको विषयमा थप अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!