संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । भीरबाट लडेर साकेला–२ रतन्छाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको मृत्यु भएको हो ।

शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबुस्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेका उनी खहरे खोलाको भीरबाट लडेका थिए । भीरबाट करिव ३ सय मिटर तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको भनेर उनका आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराएका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्वाचित वडा सदस्य हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!