संगालोखबर सम्बाददाता

विराटनगर । मोरङ र झापाबाट लागुऔषध खैरो हिरोइन र गाँजासहित पाँच जना पक्राउ परेका छन् । मोरङको बिराटनगर–१५ स्थित सीमाक्षेत्रबाट भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–१० का १७ बर्षीय कालु कुमार शर्मा छन् ।

Advertisement

उनलाई आइतबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नाइट्राभेट-७५ ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन-४० ट्याब्लेट र डाइलेक्ट–डीसी-५ बोतलसहित पक्राउ गरेको हो ।

त्यस्तै विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड–४ भद्रपुर रोड र बिर्तामोड–६ बुटाबारी क्षेत्रबाट खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी छन् । उनलाइ १२ ग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको हो ।

यता, बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षीय रुपेश गुरुङ छन् । उनीहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले अर्जुनधारा–९ मगर चोक क्षेत्रबाट १ हजार दुई सय ग्राम गाँजासहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका पाँचै जनाविरुद्ध कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!