सुनसरीबाट २५० केजी गाँजासहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागडि गाउँपालिका–९ का २७ बर्षीय अर्जुन खड्का र धरान–१ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ छन् ।
को १ च ९८५२ नम्बरको बलेरोमा ठूलो परिमाणमा गाँजा तस्करी भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकसहितको कमाण्डमा खटिएको टोलीले ब्यारिकेटस...





























