पत्रपत्रिका खबर

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । सोमबार सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्ने ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ ।

Advertisement

सतलज कम्पनीका निर्देशक शर्माले भने हामीले ९ सय मेगावाटको अरुण तेस्रो परियोजना चाडैं सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे । अरुण नदीको पानी सफलतापूर्वक डाइभर्ट भएपछि बाँध निर्माणको जिम्मा लिएको जयप्रकाश एसोसियट्स निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन् । शर्माले भने विकास सम्झौतामा उल्लेख भए अनुसारनै अघि बढ्न स्थानिय सरकारसँग सहकार्य गर्न बताए ।

सतलज कम्पनीले स्वास्थ्य,शिक्षा लगायतका कुरामासमेत सहयोग गर्ने प्रतिबद्ध भएको बताए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । अरुणको बाँध निर्माण तथा सुरुङ मार्ग समय अवधि भित्रै सम्पन्न गरेर सतलज कम्पनीलाई जिम्मा लगाउने जय एसोसियट्स निर्माण कम्पनीका डाइरेक्टर प्रविन कुमार सिंहले बताए ।

यससँगै अरुण तेस्रोको भौतिक प्रगति काम ३८ प्रतिशत सम्पन्न भएको जनाएको छ । अरुण नदीको पानी डाइभर्सन भएपछि मंगलबार बाटै ड्याम निर्माण थालिने सतजल कम्पनीले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत–गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । एक खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाउने र विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रूपियाँ आर्थिक लाभ लिनेछ ।

आयोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी तीन खर्ब ४८ अर्ब रुपियाँ प्राप्त हुने अनुमान छ । आयोजना विकास निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ ।-यो समाचार आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!