महिला हिंसा बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम
कैलाली । पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालिममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ ।
यस प्रकारको तालिमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएका...




























