नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।  देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए। गाउँपालिकाले नारी दिवसका अवसर...
इलाममा धमाधम पक्राउ पर्दै फरार अभियुक्त, कारागार व्यवस्थापनमा समस्या

इलाममा धमाधम पक्राउ पर्दै फरार अभियुक्त, कारागार व्यवस्थापनमा समस्या

इलाम । रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । यही फागुन १२ गते राई सुनसरीको धरानमा लुकेको अवस्थामा पक्राउ परे । इलाका प्रहरी कार्यालय धरान र अस्थाय...
गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको राउटे अगुवाको गुनासो

गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको राउटे अगुवाको गुनासो

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे । गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आए...
ताप्लेजुङको दोभान बजारमा आगलागी : ४९ घर जले, ५५ परिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा आगलागी : ४९ घर जले, ५५ परिवार विस्थापित

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड (झापा)बाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए। बेलुकी अबेरसम्म अनलोड गरे। पाँच लाख रुपैयाँबराबरको...
अख्तियारको टोलीले पछ्याएपछि घूस रकम फालेर पालिका अध्यक्ष फरार

अख्तियारको टोलीले पछ्याएपछि घूस रकम फालेर पालिका अध्यक्ष फरार

धनुषा । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्...
केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर

केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामी...
२०७७ फागुन १९ गते बुधबारको राशिफल

२०७७ फागुन १९ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल फागुन १९ गते बुधबार ई.सं. २०२१ मार्च ३ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, फाल्गुण कृष्ण पञ्चमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, ध्रुव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः२६ बजे, सूर्यास्त साँझ ०६ः०५ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीया मुखमा राखेर ज...
दाताको सहयोगले धनकुटाकी अम्मलको मृगौला प्रत्यारोपण

दाताको सहयोगले धनकुटाकी अम्मलको मृगौला प्रत्यारोपण

धनकुटा । दाताहरुबाट संकलित रकमको सहायताले धनकुटाको सहिदभूमि गाउँपालिका–२ ढोलमुखाकी अम्मल राईको मृगौला प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा सोमबार २३ बर्षीया राईको मृगौला सफलतापूर्वक प्रत्यारोपण भएको परिवार स्रोतले जनाएको छ । करिब १० बर्षअघिदेखि राईको दुवै मृगौलामा समस्या देखिएको थियो । नियमित डायलाइसिस गराउँदै आएकी अम्मललाई उनकी दिदी सिर्जनाले एउटा मृगौला दिने तयार...
प्रधानमन्त्री ओलीले उद्घाटन गरे झापाको क्यान्सर अस्पताल

प्रधानमन्त्री ओलीले उद्घाटन गरे झापाको क्यान्सर अस्पताल

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे । बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् ...
ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका तामाङलाई इटहरीमा स्वागत

ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका तामाङलाई इटहरीमा स्वागत

इटहरी । सामान्य ह्विलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई इटहरीमा स्वागत गरिएको छ । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले तामाङलाई स्वागत गरेका हुन् । अपाङ्गताभएका व्यक्तिहरुले स्वतन्त्र, स्वाभिमानी र स्वावलम्वी जीवन जिउन पाउनुपर्ने अधिकारको बारेमा चेतना फैलाउन रामबहादुर ह्वलचेयरमार्फत मेची–महाकाली यात्रामा निस्किएका हुन् । उनले सामा...
मोरङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई घाईते

मोरङमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, दुई घाईते

मोरङ । मोरङमा माटोको ढिस्कोले पुर्दा आज एक जनाको मृत्यु भएको छ । दुई जना घाईते छन् । माटोको ढिस्कोले पुरेर सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमकी २० बर्षीया बन्सुगिया यादवको मृत्यु भएको हो । दिउँसो करिव साढे १ बजे सुनवर्षी–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरेर बन्सुगियाको घटनास्थलमै मृत्यु भएका हो । उनीसँगै गएका ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादवसमेत घाईत...
जथाभावी फोहोर फ्याँकेको भन्दै जवाफ दिन उच्च अदालतको आदेश

जथाभावी फोहोर फ्याँकेको भन्दै जवाफ दिन उच्च अदालतको आदेश

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ । मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय त...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै सोमबार ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ८६ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको म...
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौं।” ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगे...
ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

ईलाम । ईलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । ईलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित सुर्योदय–१० का २३ बर्षीय दियोग राई, देउमाई–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षीय अनिल लिम्बु पक्राउ परेका हुन् । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको टोलीले ७५० मिलिग्राम ब्राउन सुगर, स्टिलको प्लेट १ थान, नेप...
स्यानिटाइजर खाँदा विराटनगरमा दुई जनाको मृत्यु

स्यानिटाइजर खाँदा विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको...
कोरोनाविरुद्धको खोप लगाए पनि तीन सातासम्म संक्रमणको जोखिम

कोरोनाविरुद्धको खोप लगाए पनि तीन सातासम्म संक्रमणको जोखिम

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक  एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए।  उनले भने, ‘सय जनाले खोप ...
इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्

इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । उनी भन्छन्– भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो । पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन ...
महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ  । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदि...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्...
धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटामा विद्यार्थीले जलाए क्याम्पस प्रमुख र सहायक प्रमुखको पुत्ला

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले क्याम्पस परिसरमै क्याम्पस प्रमुख होमबहादुर बस्नेत र सहायक क्याम्पस प्रमुख रुद्र पोख्रेलको पुत्ला जलाएका हुन् । स्नातक तह तेस्रो बर्षको परीक्षाका क्रममा गत सोमबार मानविकी संकायका सहायक क्याम्पस...
२०७७ फागुन १८ गते मंगलबारको राशिफल

२०७७ फागुन १८ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल फागुन १८ गते मंगलबार ई.सं. २०२१ मार्च २ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, फाल्गुण कृष्ण चतुर्थी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः२७ बजे, सूर्यास्त साँझ ०६ः०४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँड खाएर जुनसक...
महालक्ष्मीको छैठौं नगर सभा सुरु, नगरको आफ्नै लोगो सार्वजनिक

महालक्ष्मीको छैठौं नगर सभा सुरु, नगरको आफ्नै लोगो सार्वजनिक

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको छैठौं नगर सभा सोमबारबाट सुरु भएको छ । नगर सभाले कार्यक्रम संसोधन/रकमान्तर, राजश्व र कार्यपालिका बैठकहरुका निर्णय पारित गरेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ का लागि स्वीकृत बार्षिक कार्यक्रम मध्ये २५ वटा कार्यक्रमको ८९ लाख ७७ हजार बजेटलाई ९ वटा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट रकमान्तर गरी संसोधन गरिएको छ । सभामा सभाध्यक्ष एवं नगर प्रमुख पर्शुराम नेपालले क...
शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने

शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने

धनकुटा । धनकुटाको शहिदभूमिलाई पूर्ण विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न सातौं गाउँसभाले शहिदभूमिलाई विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको हो । विद्युत चुहावटमुक्त गाउँपालिका घोषणा गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य तथा समन्वय गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यल बताए । त्यस्तै ...
उर्लाबारीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

उर्लाबारीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरको ट्रलीले किच्दा आज एक जनाको मृत्यु भएको छ । ट्रली पल्टेर किच्दा रतुवामाईका ५१ बर्षीय गौरीमान खड्काको मृत्यु भएको हो । दिउँसो करिव साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा ट्रली पल्टेर किच्दा घटनास्थलमै गौरीमानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उदयपुरबाट अवैध काठका फर्निचरसहित दुई जना पक्राउ

उदयपुरबाट अवैध काठका फर्निचरसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरबाट सालका अवैध फर्निचरसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–९ जरायो खोलास्थित मदन भण्डारी राजमार्गमा पश्चिमबाट पूव तर्फ जाँदै गरेको स १ त ७९१६ नंम्बरको ट्याक्टरमा लोड गरी सुनसरीतर्फ लैजादै गरेको अवैध काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठधनि बराहक्षेत्र–२ बयरवनकी ३६ बर्षीया धनु राई र ट्याक्टर चालक बेलका–९ का २४ बर्षीय कृष्ण बहादुर शाही ठकुरी छन्...
नर्सरीबाट वार्षिक २० लाख आम्दानी

नर्सरीबाट वार्षिक २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् । जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार टिमुरको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा राखेका ...
झापामा क्यान्सर अस्पताल

झापामा क्यान्सर अस्पताल

झापा । अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानी...
म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

यांगुन/न्युयोर्क। सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै कम्तीमा ३० जना घाइते भएका जनाएको हो । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गरेको जनाइएको छ । त्यसक्रममा प्रहरीले गोली, अश्रुग्यास, लाठी तथा ...
विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगर । विराटनगर १० मा रहेको कोभिड–१९ अस्पताल बिरामी नहुँदा सुनसान बनेको छ। प्रदेश १ मा कारोनाको बिरामी दिनादिनै बढ्न थालेपछि प्रदेश सरकारले  सञ्चालन गरेको अस्पतालमा अहिले बिरामी छैनन् । ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो । नेपाल सरकारले निर्धारण गरेको मासिक तलब खाने अस्पतालका कर्मचारी अहिले हाजिर गरेर दिन बिताउने गरे...
कोरोनाविरुद्धको खोप अभियानलाई देशव्यापी बनाइँदै, २ करोड १८ लाखलाई लगाइने

कोरोनाविरुद्धको खोप अभियानलाई देशव्यापी बनाइँदै, २ करोड १८ लाखलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महत्वाकांक्षी योजना ल्याएको छ । मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफ...
error: Content is protected !!