- संगालोखबर सम्वाददाता

विराटनगर । मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ । एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कानलाई अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार दिने निर्णय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि उनले खेलेको भूमिकालाई कदर उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो । यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये मुस्कान संसारकै सबैभन्दा कम उमेरकी हुन् ।

१५ वर्षको उमेरमा गत वर्ष विद्यालय जाँदै गर्दा खातुनमाथि तेजाब आक्रमण भएको थियो । एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको हो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!