छथर जोरपाटीका ६ महिला उद्यमी पुरस्कृत, एक जनालाई सम्मान
धनकुटा । छथर जोरपाटी गाउँपालिकाले १११ औं महिला दिवसको अवसर पारेर ६ जना महिला उद्यमीलाई पुरस्कृत र एक अगुवा महिला राजनीतिककर्मीलाई सम्मान गरेको छ । ‘उद्यमी अनुभव आदान-प्रदान तथा सम्मान कार्यक्रम’ गरेर महिलाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा वडा नं.१ का ढाका उद्यमी रविना लिम्बू, वडा नं.२ का ज्याकेट तयारी व्यवसायी कल्पना दर्लामी मगर र वडा नं.३ का बाख्रा पालक उद्...




























