
झापा । झापाबाट लागुऔषध ब्राउन सुगरसहित आज एक जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–६ का २६ बर्षीय बिशाल मण्डललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
दिउँसो करिव पौने ३ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले भद्रपुर–५ स्थित बसपार्कबाट मण्डललाई पक्राउ गरेको हो ।
१७ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, भीभो कम्पनीको मोबाइल २ थान र डब्लुबी ७४ ए क्यू ३८६४ नम्बरको स्कूटरसहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।