- पत्रपत्रिका खबर

नयाँदिल्ली । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोशी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे ।

त्यही क्रममा उनले कोशी (सप्तकोशी) उच्च बाँधको प्रसंग पनि उप्काएका हुन् । ‘यदि बिहारका कसैलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने उसको प्रमुख चाहाना नेपालको कोशी नदीमा ठूलो बाँध बनाउनु नै हुन्छ । जहाँ पनि हामीले ठूला बाँध बनाएका छौँ, त्यहाँका जनताको जीवनस्तर पुस्तौँसम्म सुधार भएको छ । यो सन्देश सबैतिर प्रवाह गर्न खाँचो छ ।’ मन्त्री सिंहको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

भारतीय पक्षबाट कोसी उच्च बाँधको प्रसंग उठेको यो पहिलो पटक होइन । उर्जा जलस्रोतका द्विपक्षीय बैठकदेखि हरेकजसो उच्चस्तरीय भेटघाट र भ्रमणमा भारतले यस विषयमा जोड दिँदै आएको छ । – यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!