- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा १ हजारले सुनको मूल्य घटेको हो । बुधबार तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य घटेर आज ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

त्यस्तै बुधबार तोलाको ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आजका लागि ८६ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य घटेर आज १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!