धनकुटाका लागि २५ लाखको स्वास्थ्य सामाग्री लिएर आउँदै एमाले अध्यक्ष राई
धनकुटा । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई काठमाडौंबाट करिब २५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री लिएर धनकुटा आउँदैछन् । गाडीमा स्वास्थ्य सामाग्री लोड गरेर मंगलबार बिहान उनी काठमाडौंबाट धनकुटा प्रस्थान गरेका हुन् ।
स्वास्थ्य सामाग्री मंगलबार साँझ धनकुटा आईपुग्ने एमाले अध्यक्ष राईले जानकारी दिए । उनकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको टेकुस्...

























