- संगालोखबर सम्वाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गएराती प्रतिनिधि सभा विघटन गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम राष्ट्रपति भण्डारीले मध्यराती प्रतिनिधि सभा भंग गरेकी हुन् ।

Advertisement

मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा प्रतिनिधि सभाको चुनाव घोषणा गरेकी छन् । पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधिसभा भंग गर्दै १७ र २७ वैशाखका लागि निर्वाचन घोषणाको राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेको भएपनि सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुर्नस्थापना गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!