विराटनगरमा विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी पैसा लिने फार्मेसी सञ्चालक पक्राउ
मोरङ । विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी मुल्य लिई ठगी गर्ने विराटनगरका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई विराटनगर–३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका २२ बर्षीय रविन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोले सिरहा बरियारपट्टी गाउँपालिका–३ का ४५ बर्षीय राम नारायण मुखियालाई बैशाख २५ गतेदेखि ३० गतेसम्म फार्मेस...

























