धरानमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

धरानमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उप–महानगरपालिका–१७ पकलीकी ४० बर्षीया मिरा देवी साह छन् । आज बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिनुका साथै बिपरित दिशाबाट जादै गरेको प्रदेश–१ –०२–०...
ब्राउन सुगर बोकेर हिड्ने पक्राउ, बेच्ने फरार

ब्राउन सुगर बोकेर हिड्ने पक्राउ, बेच्ने फरार

झापा । झापाको गौरादह नगरपालिका–१ गौरादह बजारबाट गएराती लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार भएका छन् । गौरादह बजारका ३७ बर्षीय कृष्ण कुमार ताजपुरियालाई प्रहरीले मंगलबार दिउँसो ३ बजे ब्राउन सुगरसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परे...
२०७८ साउन २० गते बुधबारको राशिफल

२०७८ साउन २० गते बुधबारको राशिफल

बि.संं २०७८ साल साउन २० गते बुधबार ई.सं.२०२१ अगस्ट ४ नेपाल सम्बत ११४१ बछलागा एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष एकादशी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्याघात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः२८ बजे, सूर्यास्त साँझ ६:५० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिँया मुखमा राखेर...
प्रतिनिधि सभामा सांसद राईको माग: धनकुटाका जनतालाई तत्काल खोपको व्यवस्था गरियोस्

प्रतिनिधि सभामा सांसद राईको माग: धनकुटाका जनतालाई तत्काल खोपको व्यवस्था गरियोस्

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले धनकुटाका जनताहरुलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउँन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकको सुन्य समयमा बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् । बैठकमा बोल्न एक मिनेटको समय निर्धारण गरिएको थियो । सोही क्रममा बोल्दै सांसद राईले तत्काल खोपको व्यवस्था मिलाई धनकुटाका जनतालाई कोरोनाको प्रकोपबाट...
प्रदेश १ मा थपिए ९६३ कोरोना संक्रमित, ४१३ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ९६३ कोरोना संक्रमित, ४१३ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ जन...
कुलमान घिसिङ्गलाई पुनः विद्युत प्राधिकरणमा ल्याउँने तयारी

कुलमान घिसिङ्गलाई पुनः विद्युत प्राधिकरणमा ल्याउँने तयारी

काठमाडौं । विद्युत प्राधिकरणमा रहदा लोडसेडिङ्ग मुक्त गरेर सर्वाधिक चर्चा कमाएका कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउँने तयारी थालिएको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा मन्त्री पम्फा भुसाललाई मंगलबार बालुवाटार वोलाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रकृया अघि बढाउँन निर्देशन दिएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्...
उदयपुरको बेलकामा अक्सिजन प्लान्ट बनाउँन कुमारी बैंकले गर्यो ३ लाख सहयोग

उदयपुरको बेलकामा अक्सिजन प्लान्ट बनाउँन कुमारी बैंकले गर्यो ३ लाख सहयोग

विराटनगर । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टका लागि ३ लाख आर्थिक सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमकाबीच बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा र उप–प्रमुख राजकुमारी चौधरीलाई कुमारी बैंकको बेलका शाखाबाट चेक हस्तान्तरण गरिएको हो । बिगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्...
संघीय लिम्बुवानसहित ४१ दलको दर्ता खारेज

संघीय लिम्बुवानसहित ४१ दलको दर्ता खारेज

विराटनगर । निर्वाचन आयोगमा दर्ता रहेका ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । तीन बर्षसम्म लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले लेखा प्रतिवेदन नबुझाउँने दलहरुको दर्ता खारेज गर्ने निर्णय गरेको हो । राजनीतिक दल सम्बन्धि ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक बर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना न...
२५ जना महिलालाई श्रीलङ्का लगेर बेचेको आरोपमा पक्राउ परेकी सुनसरीकी मुखिया जेल चलान

२५ जना महिलालाई श्रीलङ्का लगेर बेचेको आरोपमा पक्राउ परेकी सुनसरीकी मुखिया जेल चलान

विराटनगर । २५ जना महिलालाई श्रीलङ्का लगेर बेचेको आरोपमा पक्राउ परेकी सुनसरीकी एक महिलालाई जेल चलान गरिएको छ । कुवेतमा राम्रो तलब पाउँने आस देखाएर महिलाहरुलाई बन्धक बनाएको आरोपमा पक्राउ परेकी रामधुनी–९ की ४० वर्षीया सावित्री मुखियालाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाइएको हो । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउँन आदेश दिएको थियो । उनले महिलाहरुलाई धेरै तलब...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

धादिङ । दक्षिणी धादिङमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । विकले कोदालो र हसियाँले हानेर खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको हत्या गरेपछि आफूलेसमेत डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ...
भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । सत्ता सहयात्री दलहरूबीच भागबन्...
२०७८ साउन १९ गते मंगलबारको राशिफल

२०७८ साउन १९ गते मंगलबारको राशिफल

बि.संं २०७८ साल साउन १९ गते मंगलबार ई.सं.२०२१ अगस्ट ३ नेपाल सम्बत ११४१ बछलागा दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, ध्रुव योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः२८ बजे, सूर्यास्त साँझ ६:५१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सखर वा गुँड खाएर जुनसकै दिशाको...
बेलबारीमा लकडाउन घोषणा

बेलबारीमा लकडाउन घोषणा

बिराटनगर । मोरङको बेलवारी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ । बेलबारी नगरपालिकाले साउन १९ गते राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो । पुनः कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि त्यसलाई नियन्त्रणका लागि कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको आज बसेको बैठकले एक साता लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना रोग रोगथाम ...
प्रदेश १ मा थपिए ७७३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ७७३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र ११६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, संखुवासभामा १ जनामा संक्र...
उदयपुरबाट गाँजासहित भोजपुरका दुई युवा पक्राउ

उदयपुरबाट गाँजासहित भोजपुरका दुई युवा पक्राउ

उदयपुर । उदयपुरकोे बेलका नगरपालिका–८ कोठुबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को १ ज ४५९ नम्बरको बोलेरोमा प्रहरीले चेकजाँच गर्ने क्रममा दुई वटा कपडाको झोलामा राखेको ...
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–२ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडीलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतवार अपरान्ह साढे ४ बजे उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ८ ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएकालाई पनि संक्रमण पुष्टि

इटहरी । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवा...
भोजपुरबाट आठ लाख लुटेर भागेका व्यक्ति नौं बर्षपछि झापामा समातिए

भोजपुरबाट आठ लाख लुटेर भागेका व्यक्ति नौं बर्षपछि झापामा समातिए

भोजपुर । भोजपुरमा आठ लाख नगद लुटपाट गरेर फरार भएका व्यक्ति नौं बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले लुटपाटमा संलग्न झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ एक्सटेन्सन (सेक्टर) बी ४ हट नं. ६ मा बस्ने ३१ बर्षीय सुवास विश्वा (वि.क.) लाई पक्राउ गरेको हो । भोजपुर नगरपालिका–२ बस्ने सडक निर्माण समितिका अध्यक्ष धनबहादुर राईले सडक निर्माणको काममा खटिएका...
प्रदेश १ का थप ७२५ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप ७२५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १००६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा १–१ जनामा संक्रमण...
छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले जन्माइन् बच्चा

छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले जन्माइन् बच्चा

झापा । झापामा छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले बच्चा जन्माएकी छन् । उनले विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी हुन् । खुदुनाबारी–१ टप्पु गाउँकी बालिका आफ्नो बुवाभन्दा बढी उमेर भएको छिमेकीबाट बलात्कृत भएकी थिइन् । त्यसपछि ६ महिनामै सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको चिकित्सकले बताएका छन् । बच्चालाई अक्सिजनको कमी भएकाले आईसियूमा राखिएको...
सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोकमा पुनः बाढीको वितण्डा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । भारी बर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगाएको प्रहरीले जनाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा छन् । त्यस्तै, चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम...
टेम्पुमा भेटियो ब्राउन सुगर, दुई जना पक्राउ

टेम्पुमा भेटियो ब्राउन सुगर, दुई जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कमा अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर बरामद भएको छ । ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अटो चालक बिर्तामोड–४ का २१ बर्षीय रुपेश साह र टेम्पुमा सवार हल्दिबारी–३ का २१ बर्षीय बिबेक बाँनिया छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कको टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा २ ग्राम ९० मिलिग्राम ब्राउन स...
दमकमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जना पक्राउ

दमकमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ बर्षीय पदम सुब्बा, दमक–५ का २९ बर्षीय कैलास लिम्बु, ३३ बर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ बर्षीय द्रोणचार्य कार्की, ५० बर्षीय प्रेम सुब्बा र भिम सुब्बा छन् । होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा शनिवार साँझ पौने ५ बजे ईलाका प्रहरी...
उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, संक्रमण फैलिएपछि गाउँ सिल

उदयपुरमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु, संक्रमण फैलिएपछि गाउँ सिल

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै ग...
२०७८ साउन १७ गते आइतबारको राशिफल

२०७८ साउन १७ गते आइतबारको राशिफल

बि.संं २०७८ साल साउन १७ गते आइतबार ई.सं.२०२१ अगस्ट १ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, भरणी नक्षत्र, गण्ड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा ग...
नोबेलमा सुरु भयो मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफलाई दुई महिने दक्ष प्रसुतिकर्मी तालिम

नोबेलमा सुरु भयो मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफलाई दुई महिने दक्ष प्रसुतिकर्मी तालिम

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि शनिवारदेखि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो । मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् । प्रसुति गरा...
सामुदायिक बनले उपभोक्तालाई खाट वितरण गर्दै, भुईँमा सुत्नुपर्ने बाध्यताको अन्त्य गरिने

सामुदायिक बनले उपभोक्तालाई खाट वितरण गर्दै, भुईँमा सुत्नुपर्ने बाध्यताको अन्त्य गरिने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मी सामुदायिक बनले उपभोक्ताहरुलाई खाट वितरण गर्न थालेको छ । खाट नहुँदा चिसो भुईँमा सुत्न बाध्य उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै खाट बितरण थालिएको हो । बिपन्न उपभोक्ताहरुलाई बार्षिक कार्यक्रम अन्तरगत सामुदायिक बनले खाट दिन थालेको छ । चार हजार घरधुरी उपभोक्ता रहेको सो सामुदायीक वनमा करिव चार सय विपन्न परिवारले खाट पाउने वन समूहका अध्यक्ष स...
महेन्द्र मोरङ क्याम्पसको बार्षिकोत्सवमा पाँच जना सम्मानित

महेन्द्र मोरङ क्याम्पसको बार्षिकोत्सवमा पाँच जना सम्मानित

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच प्राध्यापक डा.घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी तथा कर्मचारीहरु सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको हो । उनीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थ...
प्रदेश १ मा थपिए ८०४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८०४ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १/१ र प्रदेश ...
होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । ​बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए। “बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालय...
नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरि...
error: Content is protected !!