संगालोखबर सम्बाददाता

विराटनगर । नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि शनिवारदेखि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो ।

मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् । प्रसुति गराउँने काममा लामो अनुभव हासिल गरेका शान्ति टण्डन, सकुन्तला सिटौला, गिता कोइराला र इन्दिरा गौतमले उनीहरुको दक्षता अभिबृद्धि गराउँन सैदान्तिक र व्यवहारिक सीप सिकाउँने छन् । उनीहरुलाई २० दिन सैदान्तिक तालिम प्रदान गर्ने र वाँकी ४० दिन प्रसुति गराउँने काममै लगाएर दक्ष बनाइने बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश कुमार मेहता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहित कुमार पाण्डे, नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रिन्सिपल डा.रामहरी घिमिरे, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर निलम झा, मेट्रोन कल्पना पोख्रेल र करुणा फाउण्डेशनका प्रोग्राम मेनेजर सन्तोष घिमिरेले यस्ता तालिमले मातृ मृत्युदर घटाउँन सघाउ पुर्याउँनेमा जोड दिए ।

उनीहरुले तालिमबाट सकेसम्म बढी सीप सिकेर व्यवहारमा उतार्न सहभागिहरुलाई सुझाव पनि दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!