संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

विराटनगर । २५ जना महिलालाई श्रीलङ्का लगेर बेचेको आरोपमा पक्राउ परेकी सुनसरीकी एक महिलालाई जेल चलान गरिएको छ ।

कुवेतमा राम्रो तलब पाउँने आस देखाएर महिलाहरुलाई बन्धक बनाएको आरोपमा पक्राउ परेकी रामधुनी–९ की ४० वर्षीया सावित्री मुखियालाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाइएको हो । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउँन आदेश दिएको थियो ।

Advertisement

उनले महिलाहरुलाई धेरै तलब पाइने आस देखाएर काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली पुर्याई त्यहाबाट श्रीलङ्का लगेर बन्धक बनाएको आरोप छ । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले श्रीलङ्का प्रहरीको सहयोगमा महिलाहरुलाई उद्धार गरी मुखियालाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!