रासस
सांकेतिक तस्बीर

धादिङ । दक्षिणी धादिङमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।

विकले कोदालो र हसियाँले हानेर खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको हत्या गरेपछि आफूलेसमेत डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

Advertisement

छिमेकीहरुका अनुसार विक दम्पतिले बिहान घरमासँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको उनीहरुले बताएका छन् ।

घटनाको विस्तृत अनुसन्धान गरिने प्रहरी उपरीक्षक खड्काले बताए । दुवैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!