संगालोखबर सम्वाददाता

काठमाडौं । विद्युत प्राधिकरणमा रहदा लोडसेडिङ्ग मुक्त गरेर सर्वाधिक चर्चा कमाएका कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउँने तयारी थालिएको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा मन्त्री पम्फा भुसाललाई मंगलबार बालुवाटार वोलाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रकृया अघि बढाउँन निर्देशन दिएको वालुवाटार स्रोतले जनाएको छ ।

Advertisement

प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरेको बताइएको छ । यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहदा घिसिङ्गले लोडसेडिङ हटाएका थिए । लामो समय घाटामा रहेको प्राधिकरणलाई उनले नाफामा ल्याउँन सफल भएका थिए ।

राम्रो काम गरेर लोकप्रियता हासिल गरेका घिसिङ्ग चार बर्षे कार्यकाल सकिएर विदा भएका थिए । उनको कार्यकाल पुनः थप गर्न चौतर्फी माग भएपनि तत्कालिन सरकारले नथपेको भन्दै जनस्तरबाट सरकारको आलोचनासमेत भएको थियो । राम्रो काम गरेर लोकप्रियता कमाएका घिसिङ्गलाई पुनः प्राधिकरणमा ल्याउँने तयारी थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!