संगालोखबर सम्वाददाता
फाइल तस्वीर

बिराटनगर । मोरङको बेलवारी नगरपालिकामा लकडाउन घोषणा गरिएको छ । बेलबारी नगरपालिकाले साउन १९ गते राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

पुनः कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि त्यसलाई नियन्त्रणका लागि कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको आज बसेको बैठकले एक साता लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।

Advertisement

बेलबारी नगरपालिकाका नगर प्रमुख तथा कोरोना रोग रोगथाम नियन्त्रण समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको बैठकले लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक बाहेकका सम्पूर्ण उद्योग पसल करकारखाना, निजी तथा सरकारी कार्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । अत्यावश्यक बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन नगरपालिकाको आग्रह छ । मोरङको उर्लावारी नगरपालिकाले पनि साउन १२ गतेदेखि १९ गते रातीसम्मका लागि लकडाउन जारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!