संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ जना कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बाह्रदशीमा ५–५, हल्दिबारीमा ४ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र बराहक्षेत्रमा ५–५, दुहवीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा ११, चौविसे गाउँपालिका, छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र सहिदभूमि गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सुर्योदयमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१ र तेह्रथुममा १ जनामा संक्रमण देखिएको छ ।

यसैबीच, प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!