संगालोखबर सम्बाददाता

झापा । झापाको दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–७ का होटल सञ्चालक ३२ बर्षीय पदम सुब्बा, दमक–५ का २९ बर्षीय कैलास लिम्बु, ३३ बर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ बर्षीय द्रोणचार्य कार्की, ५० बर्षीय प्रेम सुब्बा र भिम सुब्बा छन् ।

Advertisement

होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा शनिवार साँझ पौने ५ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तास खेलिरहेको स्थानबाट ३ बुङ तास र १ लाख ६० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!