
झापा । झापामा छिमेकीबाट बलात्कृत ११ बर्षीया बालिकाले बच्चा जन्माएकी छन् । उनले विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी हुन् ।
खुदुनाबारी–१ टप्पु गाउँकी बालिका आफ्नो बुवाभन्दा बढी उमेर भएको छिमेकीबाट बलात्कृत भएकी थिइन् । त्यसपछि ६ महिनामै सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको चिकित्सकले बताएका छन् ।
बच्चालाई अक्सिजनको कमी भएकाले आईसियूमा राखिएको छ भने आमाको अवस्था सामान्य छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।















