धनुका कटेल/संगालोखबर

भोजपुर । भोजपुरमा आठ लाख नगद लुटपाट गरेर फरार भएका व्यक्ति नौं बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले लुटपाटमा संलग्न झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ एक्सटेन्सन (सेक्टर) बी ४ हट नं. ६ मा बस्ने ३१ बर्षीय सुवास विश्वा (वि.क.) लाई पक्राउ गरेको हो ।

Advertisement

भोजपुर नगरपालिका–२ बस्ने सडक निर्माण समितिका अध्यक्ष धनबहादुर राईले सडक निर्माणको काममा खटिएका मजदुरहरुलाई वितरण गर्न ल्याएको ८ लाख ५१ हजार ५ सय रकम २०६९ असार १८ गते भोजपुर–२ स्थित हेलौंछाको जङ्गलमा सुवाससहित सात जनाको समूहले लुटपाट गरेको थियो । घटनापछि उनी फरार थिए । उनलाई भोजपुर जिल्ला अदालतले २०७३ फागुन १९ गते ६ बर्ष कैद र १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

घटना भएको नौं बर्षपछि गत शुक्रबार प्रहरीले सुवासलाई पक्राउ गरेको हो । बेलडाँगीमा लुकिछिपी बस्दै आएका सुवासलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी नायव उपरीक्षक राजकुमार राईको नेतृत्वमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय दमकको समन्वयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुवासलाई प्रहरीले आइतवार जिल्ला अदालतमा पेश गरेको छ । उनलाई कैद सजाय भुक्तानका लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!