संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १००६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेशका ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५३, विर्तामोमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २ र गौरीगञ्जमा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैंचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३–३, ग्रामथान र बुढीगंगामा २–२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १–१ जना संक्रमित भएका छन् ।

सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङ र मांसेबुङमा १–१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, ताप्लेजुङमा १, संखुवासभामा १, तेह्रथुममा १ र भोजपुरको अरुणमा १ जनामा संक्रमण देखिएको छ ।

यसैबीच, प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष छन् । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छ । मृत्यु हुनेमा ८ महिला र ९ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!