संगालोखबर सम्वाददाता

झापा । झापाको गौरादह नगरपालिका–१ गौरादह बजारबाट गएराती लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार भएका छन् । गौरादह बजारका ३७ बर्षीय कृष्ण कुमार ताजपुरियालाई प्रहरीले मंगलबार दिउँसो ३ बजे ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

Advertisement

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई सोधपुछ गर्दा गौरादह–२ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट ब्राउन सुगर खरिद गरेको बताएपछि प्रहरी कार्कीको घर पुगेको थियो ।

कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ । तर, उनी भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!