संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र ११६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, संखुवासभामा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेश १ का ल्याबमा गरिएको पीसीआर परीक्षणमा प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैंचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४–४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८, विर्तामोडमा १६, अर्जुनधारा र हल्दिबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१ जनामा संक्रमण पत्ता लागेको छ । धनकुटाको धनकुटा नगरपालिकामा १४, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मीमा ३–३, पाख्रीवासमा २, सहिदभूमिमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ । खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा २ र संखुवासभामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष छन् । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!