संगालोखबर सम्बाददाता

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कमा अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर बरामद भएको छ । ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा अटो चालक बिर्तामोड–४ का २१ बर्षीय रुपेश साह र टेम्पुमा सवार हल्दिबारी–३ का २१ बर्षीय बिबेक बाँनिया छन् ।
अस्थाई प्रहरी पोष्ट बसपार्कको टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा २ ग्राम ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

त्यस्तै, २० हजार नगद पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!