संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मी सामुदायिक बनले उपभोक्ताहरुलाई खाट वितरण गर्न थालेको छ ।
खाट नहुँदा चिसो भुईँमा सुत्न बाध्य उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै खाट बितरण थालिएको हो । बिपन्न उपभोक्ताहरुलाई बार्षिक कार्यक्रम अन्तरगत सामुदायिक बनले खाट दिन थालेको छ ।

Advertisement

चार हजार घरधुरी उपभोक्ता रहेको सो सामुदायीक वनमा करिव चार सय विपन्न परिवारले खाट पाउने वन समूहका अध्यक्ष सुजय गौतमले बताए । अध्यक्ष गौतमका अनुसार उपभोक्ताहरुलाई चिसो भुईँको सुताईमुक्त बनाउँने अभियान अन्तर्गत शनिवार २२ वटा खाट वितरण गरिएको छ ।

खाट नहुँदा भुइमा सुत्ने गरेका उपभोक्ताहरुलाई क्रमसः खाट बितरण गरिने सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!