संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरकोे बेलका नगरपालिका–८ कोठुबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को १ ज ४५९ नम्बरको बोलेरोमा प्रहरीले चेकजाँच गर्ने क्रममा दुई वटा कपडाको झोलामा राखेको अवस्थामा ४ केजी २०० ग्राम गाँजा फेला पारेको हो ।

बोलेरोमा गाँजा फेला परेपछि सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराजको भएको खुलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!