भोजपुरमा बन्दुक तेस्राएर श्रीमतीलाई मार्छु भन्दै धम्क्याउँने श्रीमान पक्राउ
भोजपुर । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक तेस्राएर मार्छु भन्दै धम्की दिएको अरोपमा प्रहरीले भोजपुरको रामप्रसादराई गाउँपालिका–१ चामबोटेका सुजिल राईलाई पक्राउ गरेको छ । गएराती श्रीमती ४५ बर्षीया जुना राईलाई कुटपिट गरेर भरुवा बन्दुक तेस्राई मार्छु भन्दै धम्क्याएपछि प्रहरीले ४६ बर्षीय राईलाई पक्राउ गरेको हो ।
राती सवा ८ बजे श्रीमान–श्रीमतीबीच घरयासी बिषयमा विवाद भएको थियो । सोही क्रममा सुजिलले जुनालाई...



























