शालीनदी मेलामा ८४ लाख भेटी संकलन

शालीनदी मेलामा ८४ लाख भेटी संकलन

काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी संकलन भएको छ । पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार...
धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सहिद श्रेष्ठको स्मृतिमा माघ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३...
वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलाली । वृद्धभत्ताको पैसा नदिएको भन्दै कैलालीमा आज छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । छोराले बञ्चरो हानेपछि लगनदेवी गम्भीर घाइते भएकी थिइन् । धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार छो...
सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ टकुचा नालामा आमा र बुबाको कुटाइबाट एक बालकको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाको कुटाइबाट तीन वर्षीय छोरा विमलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलकराम बालकका बाबु र उर्मिला सौतेनी आमा हुन् ।
धनकुटाको जितपुरका योगेन्द्रले पाए हाउजीमा स्कुटर पुरस्कार

धनकुटाको जितपुरका योगेन्द्रले पाए हाउजीमा स्कुटर पुरस्कार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका योगेन्द्र श्रेष्ठले हाउजी बिङ्गो खेलमा पुरस्कार स्वरुप स्कुटर पाएका छन् । धनकुटा महोत्सव स्थल टुँडिखेलमा सोमबार राती खेलाइएको हाउजीमा हाउसफुल गर्दै श्रेष्ठले होन्डा कम्पनीको ११० सीसीको डियो स्कुटर पाएका हुन् । जितपुर स्थायी घर भई धनकुटा–५ बालमन्दिर बस्दै आएका २२ वर्षीय श्रेष्ठले ४४ अंकमै हाउसफुल गरेका थिए । श्रेष्ठलाई उद्योग वाणिज्य संघका अध्यक्...
लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र २० वर्षीय सन्वाज खान छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको टोलीले डब्लुवी ७४ बी ए ६७७९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा मोटरसाइकल चालक रहमान र पछाडि सवार रहेका खानको...
सुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आइतबार साँझ करिव ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को.३५ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक बुढीगँगा गाउँपालिका–७ का ३२ वर्षीय सुमित खवास घाइते भएका थिए । उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँने बित्तिकै उनको म...
२०७९ माघ १६ गते सोमबारको राशिफल

२०७९ माघ १६ गते सोमबारको राशिफल

ई.सं. २०२३ जनवरी ३० नेपाल सम्बत ११४३ सिल्लाथ्व नवमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्र...
रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । ...
भोजपुरमा घाँटी थिचेर श्रीमतीको हत्या, घटना ढाकछोप गर्न खाल्डो खनेर पुरियो शव 

भोजपुरमा घाँटी थिचेर श्रीमतीको हत्या, घटना ढाकछोप गर्न खाल्डो खनेर पुरियो शव 

भोजपुर । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरुण गाउँपालिका–२ का ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ छन् । शनिवार साँझ श्रीमान–श्रीमती बिच घरायसी विषयमा सामान्य विवाद हुँदा ज्ञानबहादुरले ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले ज्ञानबहादुरलाई पक्राउ गरेको हो । मादक पदार्थ स...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित निगालेमा ट्रक दुर्घटना भएको छ । संखुवासभाबाट लकडी बोकेर मोरङतर्फ जाँदै गरेको को १ ख ७८६८ नम्बरको ट्रक गएराती दुर्घटना भएको हो । सडकको घुम्तीमा ट्रक पल्टिदा ट्रकमा भएका लकडी सडकमा छरपस्ट भएका छन् । ट्रक पल्टिएर सडक ओगट्दा कोशी राजमार्गको धनकुटा–हिले सडक खण्ड बिहान करिव साढे ८ बजेसम्म अवरुद्ध भएको थियो । जेसिभिको सहयोगमा प्रहरीले अवरुद्ध सडक खुलाएको छ । ब्रेकफेल...
धनकुटाको लेगुवामा आगलागी हुँदा घर जलेर नष्ट

धनकुटाको लेगुवामा आगलागी हुँदा घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित बाँसपानीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आइतबार बिहान राति साढे १ बजे स्थानीय कुल बहादुर कार्कीको घर जलेर नष्ट भएको हो । ढुंगा र माटोले बनेको एक तले घर जल्दा घरमा भएका अन्न, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठले जानकारी दिए । आगलागीबाट १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम...
२०७९ माघ १५ गते आइतबारको राशिफल

२०७९ माघ १५ गते आइतबारको राशिफल

ई.सं .२०२३ जनवरी २९ नेपाल सम्बत ११४३ सिल्लाथ्व अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै मह...
धनकुटा महोत्सवमा उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)

धनकुटा महोत्सवमा उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)

धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको गेटमा शनिवार राती उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गायक प्रमोद खरेलको प्रस्तुती हेर्न राती करिब ८ बजे महोत्सवस्थल प्रवेश गर्ने क्रममा भीडमा ठेलमठेल भएको हो । महोत्सवस्थलको पश्चिमतर्फको गेटमा घटना भएको हो । सांस्कृतिक कार्यक्रमका लागि गायक खरेल स्टेजमा आउन लागेका थिए । गायक खरेलको प्रस्तुती ...
संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभा । संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–५ लुङसुङका ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनका छोरा २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान घरायसी विवादका क्रममा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
धनकुटाका सुवासले जिते हाउजीमा दुई तोला सुन

धनकुटाका सुवासले जिते हाउजीमा दुई तोला सुन

धनकुटा । धनकुटा नगरपालिका–४ सल्लेरीका सुवास श्रेष्ठले हाउजी बिङ्गो खेलमा दुई तोला सुन जितेका छन् । धनकुटा महोत्सवस्थल टुँडिखेलमा शुक्रबार राती खेलाइएको हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै श्रेष्ठले पुरस्कार पाएका हुन् । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय छ । सो आधारमा श्रेष्ठलाई पुरस्कार स्वरुप २ लाख ११ हजार ६ सय मूल्य बराबरको सुन प्रदान गरिएको आयोजकले जनाएको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री राईको निर्देशनः जनताको मुहारमा खुशी ल्याउने काम गर्नुस्

जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री राईको निर्देशनः जनताको मुहारमा खुशी ल्याउने काम गर्नुस्

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति धनकुटाले शुक्रबार मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबीच गरेको अन्तरक्रियामा मन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा धनकुटा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्षेत्र ...
रवि लामिछानेको सांसद् पद खारेज

रवि लामिछानेको सांसद् पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो...
घरमा लागूऔषध भेटिएपछि श्रीमती पक्राउ, श्रीमानलाई खोज्दै प्रहरी

घरमा लागूऔषध भेटिएपछि श्रीमती पक्राउ, श्रीमानलाई खोज्दै प्रहरी

झापा । झापाको कन्काई नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । गएराती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कन्काई–३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गरेको थियो । सोही क्रममा उनको कोठाबाट प्रहरी २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो । आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ...
ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा लगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहा...
२०७९ माघ १३ गते शुक्रबारको राशिफल

२०७९ माघ १३ गते शुक्रबारको राशिफल

ई.सं. २०२३ जनवरी २७ नेपाल सम्बत ११४३ सिल्लाथ्व षष्ठी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।...
जनताको गरिबी घटाउने गरी काम गर्छौंः मन्त्री राई

जनताको गरिबी घटाउने गरी काम गर्छौंः मन्त्री राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिबी घटाउने गरी काम गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीस्थित डायूर थर्पोलिङ्ग गुम्बामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । सरकारले गरिबी घटाउने उद्देश्यसहित काम गरिरहेको भन्दै मन्त्री राईले त्यसका लागि श्रम गर्न...
प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो । गत पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेश १ को नयाँ सरकार बनिसकेको छ । त्यस्तै अब प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ ।
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य प्र...
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल...
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

विराटनगर । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष यसै लिन ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ । आज पनि विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद...
२०७९ माघ १२ गते बिहीबारको राशिफल

२०७९ माघ १२ गते बिहीबारको राशिफल

ई.सं. २०२३ जनवरी २६ नेपाल सम्बत ११४३ सिल्लाथ्व पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, शिव योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज...
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट सिधुवाका आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट सिधुवाका आगलागी पीडितलाई सहयोग

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफूले पारिश्रमिकबापत पाएको रकम धनकुटाको सिधुवाका आगलागी पीडितलाई प्रदान गरेका छन् । बुधबार बिहान सिधुवा पुगेर मन्त्री राईले आगलागी पीडित आठ परिवारलाई ५५ हजार नगद प्रदान गरेका हुन् । मन्त्री राईले पीडित झमक थापालाई १५ हजार र सन्तबहादुर राईलाई १० हजार प्रदान गरे । त्यस्तै, पीडित लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहाद...
धनकुटा यातायात कार्यालयका हाकिमलाई दलियो कालोमोसो

धनकुटा यातायात कार्यालयका हाकिमलाई दलियो कालोमोसो

धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई बुधबार कालोमोसो दलिएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँन लुइँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् । ८/१० जनाको समूहमा कार्यालय पुगेका सो पार्टीका कार्यकर्ताले दिउँसो करिब १ः३० बजे कार्यकक्षमै लुइँटेललाई कालोमोसो दलेका हुन् । कार्यालय प्रमुख लुइँटेलले आफ...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा संसद् सचिवालयका कर्मचारीको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा संसद् सचिवालयका कर्मचारीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित ढाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ छन् । श्रेष्ठ प्रदेश १ संसद् सचिवालयका कर्मचारी रहेको जनाइएको छ । आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको १ –०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए । ...
error: Content is protected !!