झापाको अर्जुनधारामा आगलागी हुँदा लाखौंको क्षति
झापा । झापाको अर्जुनधारामा भएको आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक ग्यारेजमा बिजुली सर्ट भइ आइतबार बिहान आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय कमल कालिकोटेले सञ्चालन गरेको उक्त ग्यारेजमा बिहान करिब साढे ७ बजे आगलागी सुरु भएको थियो । आगलागीमा ग्यारेजको टहरा, पार्टपूर्जा र अन्य सामान जलेर नष्ट हुँदा ९ लाख रुपैयाँभन्दा बढीको क...






























