संगालोखबर


विराटनगर । नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि असार २२ गते निर्वाचन हुने भएको छ । सदस्यता विवादका कारण यसअघि तोकिएको मितिमा हुन नसकेपछि निर्वाचन स्थगित भएको थियो ।

महासंघको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली असार १२ गते प्रकाशन हुनेछ ।

Advertisement

असार १३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!