तमोर नदीमा खस्दा एक जनाको मृत्यु

तमोर नदीमा खस्दा एक जनाको मृत्यु

ताप्लेजुङ । तमोर नदीमा खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत भारत पश्चिम बङ्गालको माल्टा टाउनका २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको हो । विद्युतीय तारबार मिलाउने क्रममा शाही नदीमा खसेका हुन् । जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा घटना भएको हो । नदी पारी रहेका सा...
खाल्साथुम कप भलिबल: भोजपुरले जित्यो महिला पुरुष दुवैको उपाधि

खाल्साथुम कप भलिबल: भोजपुरले जित्यो महिला पुरुष दुवैको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ ढोलमुखामा आयोजित प्रथम खाल्साथुम कप अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । महिला र पुरुषतर्फ बेग्लाबेग्लै भएको दुवै प्रतियोगिताको उपाधि भोजपुरले जितेको हो । पुरुषतर्फको फाइनल खेलमा हतुवागढी-७ लाई पराजित गर्दै हतुवागढी-९ भोजपुरले उपाधि जितेको छ । उपाधिसँगै हतुवागढी-९ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्...
भेडेटारमा आज साँझ गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति हुने

भेडेटारमा आज साँझ गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति हुने

धनकुटा । धनकुटाको भेडेटारमा जारी भेडेटार फुड फेस्टिभलमा आज साँझ गायिका एलिना चौहान आउँने भएकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि गायिका चौहान आउँन लागेकी हुन् । उनी भेडेटार आइसकेकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि साँझ ८ बजेपछि उनी स्टेज उत्रने आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । ‘उहाँ भेडेटार आइसक्नु भएको छ, राती ८ बजेपछि उहाँको प्रस्तुति राखिए...
धनकुटाका सांसद राजेन्द्र राईले गृहमन्त्रीलाई भने: तपाई खुरुक्क राजीनामा दिनुस्

धनकुटाका सांसद राजेन्द्र राईले गृहमन्त्रीलाई भने: तपाई खुरुक्क राजीनामा दिनुस्

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद राईले गृहमन्त्री श्रेष्ठकै अगाडि उनको राजीनामा मागेका हुन् । प्रहरीको बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु हुनेगरि भएको ललितपुरको बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएको भन्दै सांसद राईले ...
भेडेटारमा सुरु भयो फुड फेस्टिभल

भेडेटारमा सुरु भयो फुड फेस्टिभल

धनकुटा । धनकुटाको भेडेटारमा आइतबारबाट ११ औं फुड फेस्टिभल सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै मन्त्री उप्रेतीले भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरक...
आजबाट भेडेटार फुड फेस्टिभल, पर्यटन मन्त्री उप्रेतीले उद्घाटन गर्ने

आजबाट भेडेटार फुड फेस्टिभल, पर्यटन मन्त्री उप्रेतीले उद्घाटन गर्ने

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल भेडेटारमा आजबाट फुट फेस्टिभल सुरु हुँदैछ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले ११ औं फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले आज दिउँसो औपचारिक कार्यक्रमकाबीच फेस्टिभल उद्घाटन गर्दैछन् । फेस्टिभलमा निर्माण गरिएका १५ स्टलमा स्थानीय खानाका परिवार...
धनकुटामा साकेला उधौलीको रौनक (फोटो फिचर)

धनकुटामा साकेला उधौलीको रौनक (फोटो फिचर)

किरात राईहरूको महान चाड साकेला उधौलीको अवसरमा धनकुटाको टुँडिखेलमा शनिवार गरिएको झाँकी प्रदर्शन । उधौलीको अवसरमा किरात राई यायोक्खाले झाँकी प्रदर्शनसहित शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर 
भेडेटार फुड फेस्टिभलको तयारी पुरा

भेडेटार फुड फेस्टिभलको तयारी पुरा

धनकुटा । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर धनकुटाको भेडेटारमा भोलिबाट सुरु हुन लागेको ११ औं फुड फेस्टिभलको तयारी पुरा भएको छ । होटल एशोसिएसन भेडेटारले पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्न लागेको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले आइतबार ११ बजे फेस्टिभल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष त...
धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई दियो पञ्चेबाजा, पोशाक पनि दिइने

धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई दियो पञ्चेबाजा, पोशाक पनि दिइने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई पञ्चेबाजा प्रदान गरेको छ । वाद्यवादन पेशामा आवद्ध गाउँपालिका क्षेत्रका दलित समुदायलाई दलित एकता समाजसँग समन्वय गरी गाउँपालिकाले पञ्चेबाजा प्रदान गरेको हो । सहिदभूमि–६ सुकेपोखरीमा कार्यक्रम आयोजना गरी वाद्यवादकहरुलाई नरसिङ्गा, दमाहा, सहनाई, ट्याम्को, झ्याम्टा, ढोलक, बाउँताल लगायत बाजा प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।...
१५ करोड विद्युत महसुल नबुझाएपछि प्राधिकरणले काट्यो निगाले सिमेन्टको लाइन

१५ करोड विद्युत महसुल नबुझाएपछि प्राधिकरणले काट्यो निगाले सिमेन्टको लाइन

धनकुटा । विद्युत प्राधिकरणले धनकुटाको सिधुवास्थित निगाले सिमेन्ट उद्योगको लाइन काटेको छ । १५ करोड भन्दा बढी विद्युत महसुल नबुझाएपछि प्राधिकरणले शुक्रबार उद्योगको विद्युत लाइन काटेको हो । निगाले सिमेन्टले विद्युत प्राधिकरणलाई १५ करोड ८० लाख २८ हजार २ सय ५७ रुपैयाँ विद्युत महसुल भुक्तानी गर्न बाँकी छ । विद्युत प्रयोग गरेबापत प्राधिकरणलाई बुझाउँनु पर्ने ठूलो रकम भुक्तानी नगरेकाले प्राधिकरण केन्द्र...
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको ग्वार्कोमा शुक्रबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरिएको छ । इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन् । आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ । आगजनीपछि ग्वार्को–बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ । प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ । परीक्षार्थीहरूले पनि ...
झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा । हात्तीले आक्रमण गर्दा झापाको शिवसताक्षी–११ दुधेका मेघराज राईको मृत्यु भएको छ । हात्ती धपाउने क्रममा गएराती आक्रमण गर्दा ४५ वर्षीय राईको मृत्यु भएको हो । गाउँमा पसेर हात्तीले घर भत्काउँन थालेपछि राई हात्ती धपाउन निस्किएका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानमा हात्तीले तोडफोड गर्दा १ लाख ५० हजार बराबरको क्षत...
विराटनगरमा किशोरीहरूलाई दिन थालियो आत्मरक्षा प्रशिक्षण

विराटनगरमा किशोरीहरूलाई दिन थालियो आत्मरक्षा प्रशिक्षण

विराटनगर । विराटनगरमा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले किशोरीहरूका लागि ‘सेल्फ डिफेन्स’ सम्बन्धी तीन दिने तालिम आयोजना गरेको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तालिम उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरूमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सजिलो हुन...
केएमसीमा ४२ दिनको नवजात शिशुको सफलतापूर्वक शल्यक्रिया

केएमसीमा ४२ दिनको नवजात शिशुको सफलतापूर्वक शल्यक्रिया

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ४२ दिनको नवजात शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका बसन्त खड्काको नवजात छोराको शल्यक्रिया गरिएको हो । जन्मजात हर्निया भएको शिशुको मिनिमल एसेस सर्जरी प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरिएको केएमसीका बाल रोेग विशेषज्ञ डाक्टर आशिषलाल श्रेष्ठले बताए । ‘शिशुको जन्मजा...
शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

शितलादेवीमा विद्यार्थीको खेलकुद प्रतियोगिता

धनकुटा  । पाख्रीबास नगरपालिका–३ स्थित शितला देवी अंग्रेजी माध्यमिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिता गरेको छ । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले फुटबल, क्रिकेट, रिले दौड, हाई जम्प र लङ्ग जम्प प्रतियोगिता गरेको हो । ८ सय र १५ सय मिटर दौड पनि गरिएको छ । खेलकुदमा शिशुदेखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागि थिए । खेलकुद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास...
जीवन विकासले दुई हजार बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै

जीवन विकासले दुई हजार बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै

विराटनगर । विराटनगर महानगरपालिका–१३ रानीका १४ वर्षीय कुन्दनकुमार महतो शारीरिक रुपमा अशक्त छन् । उनलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । अहिले उनी तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका स्थानीय ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ । भन्छन्, ‘अब सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्...
भेडेटारमा ११ औं फुड फेस्टिभलको तयारी

भेडेटारमा ११ औं फुड फेस्टिभलको तयारी

धनकुटा । धनकुटाको भेडेटारमा ११ औं फुड फेस्टिभल गरिने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको छ । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल गरिदै आएको छ । यस पटक पनि सन् २०२४ सुरुवातको अवसर पारेर तीन दिने फेस्टिभल गर्न लागिएको होटल एशोसि...
धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटामा ढोका फुटाएर सुन पसलमा चोरी

धनकुटा । धनकुटा बजारको सुन पसलमा गएराती चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो । पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फोड्ने कोसिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डित...
विराटनगरमा एक्स्पोको रौनक (भिडियोसहित)

विराटनगरमा एक्स्पोको रौनक (भिडियोसहित)

विराटनगर । विराटनगरमा ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु भएको छ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव आयोजना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार एक्स्पो उद्घाटन गरेका छन् । आर्थिक शिथिलता बढिरहेको अवस्थामा उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरूको विकास एवं प्रवर्द्धन गर्...
डिजिटल पूर्वाधारमा लगानी बढाउनु पर्छ: सञ्चार मन्त्री शर्मा

डिजिटल पूर्वाधारमा लगानी बढाउनु पर्छ: सञ्चार मन्त्री शर्मा

धनकुटा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन् । धनकुटाको हिलेमा शनिवार मध्यपहाडी लोकमार्गको कोशी खण्ड अन्तर्गत एक्सचेन्ज सेन्टर सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जान...
विराटनगरमा आजदेखि ‘एक्स्पो’ सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगरमा आजदेखि ‘एक्स्पो’ सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आजदेखि ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु हुदैछ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो एक्स्पो उद्घाटन गर्दैछन् । यसका लागि प्रधानमन्त्री दाहाल हिजै विराटनगर आइसकेका छन् । आर्थिक शिथिलता बढिरहेको अवस्थामा उद्योग, व्यवसाय,...
पाख्रीवासका युवा व्यवसायी तामाङद्वारा विद्यार्थीलाई सहयोग

पाख्रीवासका युवा व्यवसायी तामाङद्वारा विद्यार्थीलाई सहयोग

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ का सुवास तामाङले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । हिलेमा होटल व्यवसाय गर्दै आएका युवा व्यवसायी तामाङले पाख्रीवास–३ को अनिवार्य निःशुल्क आधारभूत विद्यालय र पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । अनिवार्य निःशुल्क आधारभूत विद्यालयका ४३ जना र पञ्चकन्या प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई सामग्री प...
अरुण गाउँपालिका भवन सार्न लागिएको भन्दै स्थानीयवासीको विरोध

अरुण गाउँपालिका भवन सार्न लागिएको भन्दै स्थानीयवासीको विरोध

धनकुटा । भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवन सार्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । हाल सञ्चालन भइरहेको स्थानबाट प्रशासनिक भवन सारेर भन्ज्याङ पुर्याउन लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् । अहिले प्रशासनिक भवन ३ नम्बर वडामा भाडामा छ । त्यहाँ भन्दा करिब डेढ किलोमिटर टाढा भन्ज्याङमा प्रशासनिक भवन सार्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । अरुण गाउँपालिक...
विराटनगरबाट १६ लाख नगदसहित एक जना पक्राउ

विराटनगरबाट १६ लाख नगदसहित एक जना पक्राउ

विराटनगर । १६ लाख भन्दा बढी रकमसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट मंगलबार एक जनालाई पक्राउ गरेको छ । विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीको टोलीले विराटनगर–७ स्थित प्रशासन रोडबाट पक्राउ गरेको हो । स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ साहको साथबाट बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले जानकारी दिए । सशस्त्र प्रहरी बल ...
संसारी सिमसारले लोभ्याउँदै पर्यटक (फोटो फिचर) 

संसारी सिमसारले लोभ्याउँदै पर्यटक (फोटो फिचर) 

धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संसारी सिमसार पर्यटकीय क्षेत्र । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सो स्थानमा विमान, शिव र बुद्धको मूर्ति लगायत आकर्षक पर्यटकीय पूर्वाधारहरू पनि निर्माण गरिएपछि पर्यटकको आकर्षण निकै बढेको छ । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर
आगोले कर्मिटारका दुई घर र एउटा गोठमा क्षति

आगोले कर्मिटारका दुई घर र एउटा गोठमा क्षति

धनकुटा  । धनकुटाको कर्मिटारमा आज दिउँसो आगलागी हुँदा दुई वटा घर र एउटा गोठमा क्षति पुगेको छ । आगोले स्थानीय विश्वबन्धु थापाको घर र गोठ तथा काजी नारायण खड्काको घरमा क्षति पुगेको हो । आगाले विश्वबन्धुको घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडा लगायत सामान जलेर नष्ट भएका छन् । गोठमा रहेका दुई वटा खसी र १८० वटा कुखुरा पनि जलेका छन् । काजी नारायणको घरमा पनि आंशिक क्षति पुगेको छ । घरभित्र र...
धनकुटाको कर्मिटारमा आगलागी, नियन्त्रणको प्रयास जारी

धनकुटाको कर्मिटारमा आगलागी, नियन्त्रणको प्रयास जारी

धनकुटा । धनकुटाको कर्मिटारका विश्वबन्धु थापाको घरमा आगलागी भएको छ । घर र गोठमा आगो लागेको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय अनिष निरौलाले जानकारी दिए । थप विवरण आउँन बाँकी छ । तस्वीर सौजन्य: अनिष निरौला   अपडेट: आगोले कर्मिटारका दुई घर र एउटा गो...
वक्तृत्वकला प्रतियोगितामा शिक्षा भइन् प्रथम

वक्तृत्वकला प्रतियोगितामा शिक्षा भइन् प्रथम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा स्थानीय जीवन सुधालय माध्यमिक विद्यालयकी छात्रा शिक्षा राई प्रथम भएकी छन् । सहिदभूमि–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयले आयोजना गरेको ‘मधुमेह र यसको रोकथाममा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ३५.३३ अङ्क प्राप्त गर्दै राई प्रथम बनेकी हुन् । प्रतियोगितामा सिद्धदेवी ...
धनकुटामा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

धनकुटामा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा आज दिउँसो पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । धरानबाट संखुवासभाको चैनपुर जाँदै गरेको प्रदेश १–०२–००२ च ५३२५ नम्बरको पिकअपले हिलेबाट धनकुटा आउँदै गरेको प्रदेश १–०१३ प ४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धनकुटा नगरपालिका–६ स्कुलडाँडाका १९ वर्षीय योगेस विसङ्खे र मोटरसाइकलको पछाडि सवार धनकुटा–३ निगालेका २० वर्ष...
देशमा अराजकता मौलायो: अध्यक्ष ओली

देशमा अराजकता मौलायो: अध्यक्ष ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ अघि बढेको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उनले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देशीविदेशी तत्त्वहरूले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्यौलतातर्फ गएको दाबी गरे । उनले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताए । उ...
error: Content is protected !!