संगालोखबर

विराटनगर । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को दुरुपयोग बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । एआई लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्व लगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ब्युरोले ध्यानाकर्षण गराएको हो ।

Advertisement

पछिल्लो समय एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न, नगराउन भनेको छ । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआई लगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै सङ्गठन तथा व्यक्ति विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्याउने खालका सामग्री बनाएर चरित्र हत्या गर्ने काम बढेको ब्युरोले उल्लेख गरेको छ । 

ब्युरोले यस्ता प्रकारका गतिविधि नगर्न आग्रह गरेको छ । गरेको पाइएमा त्यसप्रति स्वयम् जिम्मेवार हुनुपर्ने भएकाले कानुनी झन्झटमा पर्नबाट जोगिन समेत ब्युरोले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!