पाख्रीबासका ताराकुमारको उपचारमा सहयोग गरिदिन परिवारको अपिल
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेका ताराकुमार कार्कीको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।
हाल कार्की काठामाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । उनको टाउकोको ट्युमर अप्रेसन गरिएको र हाल चिकित्सकको निगरानीमा राखिएको परिवारले जनाएको छ ।
चिकित्सकको सल्लाह अनुसार पुनः अप्रेसन गर्नुपर्ने भए...































