मोरङबाट ‘ह्युम पाइप’ मा लुकाएको ३४७ किलो गाँजासहित दुई जना पक्राउ
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ कलाबन्जार चोकबाट ‘ह्युम पाइप’ भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको छ । शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले तीन सय ४७ किलो गाँजा बरामद गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका-५ का ३० वर्षीय राजेशकुमार कामत छन् । इलाका प्रहरी कार्यालय हरैँचाबा...































