मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ
विराटनगर । मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ मा डेरा गरी बस्ने २६ वर्षीय रोशन कुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशाल कुमार सिंह र भारतको अररिया जिल्लाका १८ वर्षीय कृष पासवान छन् ।
पछिल्लो केही समयदेखि विराटनगरसहित मोरङको दक्षिण क्षेत्रहरूमा चोरीका घटनाहरू बढीरहेकोमा गत बैशाख ११ गते कटहरी गाउँपालिका-४ नयाँ बजार स्थित ...






























