मोरङको धनपालथानमा १५ सय किलोभन्दा बढी गाँजा बरामद
विराटनगर । मोरङको धनपालथानमा ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको हो । धनपालथान गाउँपालिका–७ स्थित राजकुमार सिंहको गोठमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा उक्त स्थानमा तलासी गर्दा गोठमा बोरामा राखिएको गाँजा भुसभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
बरामद गाँजा ४९ वटा बोरामा करिब १ हजार ५४८ किलो रहेको जनाइएको छ । गाँजा कसले त्यह...