उच्च अदालत विराटनगरको जग्गा अतिक्रमण, खाली गराइदिन पत्राचार
विराटनगर । उच्च अदालत विराटनगरको नाममा रहेको जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । उच्च अदालत विराटनगरले जग्गा खाली गराई भोगचलन गर्ने वातावरण मिलाइदिन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि उक्त तथ्य बाहिरिएको हो ।
अदालतको नाममा स्रेस्ता कायम रहेको १ बिघा भन्दा बढी जग्गामा केही व्यक्तिहरूले घरटहरा बनाएर कब्जा जमाएको अदालतले जनाउको छ ।
उच्च अदालत प्रशासन शाख...





























