आयातित रङ्गको प्रयोगले लोप हुँदै रातो माटो र कमेरोले घर लिपपोत गर्ने चलन
धनकुटा । पहिला-पहिला दशैँमा घर लिपपोत गर्न रातो माटो र कमेरोको प्रयोग हुन्थ्यो । तर पछिल्लो समय आयातित रङ्गका कारण रातो माटो र कमेरोको प्रयोग हराउँदै गएको छ । जसका कारण दशैँको रौनकता र मौलिकता पनि फेरिएको छ ।
‘दशैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरोले घर चिटिक्क पार्ने चलन थियो’, ‘धनकुटाका निलबहादुर थापाले भने, ‘अहिले आधुनिकतासँगै परम्परा पनि फेरिएको छ ।’
आधुनिक शैलीमा सिमेन्ट र कङ्क्रिटबाट...































