
बुटवल । बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरालो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका-७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका-११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो ।
स्कुटर चालक बाणगंगा-७ बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । पाल्पाकै नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 























