
धनुषा । काठमाडौंबाट विराटनगर आउँदै गरेको बस धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउन्ड नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् ।
बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्काे बसलाई उछिन्ने क्रममा आज बिहान अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ । ओभरटेक गर्दा गति तीव्र भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बसमा कुल ३३ जना यात्रु सवार थिए । दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन् । घाइतेहरूको धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















