संगालोखबर


धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ । गएराति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको हो ।

गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । प्रहरीका अनुसार मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाए पनि अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी दिएको छैन । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!